राप्रपा भातृसंगठन युथ भोलेन्टरद्वारा एमसीसीको विरोधमा मसाल जुलुस

अस्मिता बेल्बासे

भक्तपुर, ११ असार : राप्रपाको भातृसंगठन युथ भोलेन्टर नेपाल भक्तपुर जिल्ला कार्य समितिको आयोजनामा बुधबार साँझ मसाल जुलुस निकालिएको छ ।

देश घाती एमसीसीको विरोधमा थुथ भोलेन्टर नेपालले भक्तपुरको दुधपाटीबाट मसाल जुलुस निकालेको थियो । मसाल जुलुसले भक्तपुरका विभिन्न भागको परिक्रमा गरी तौमडीमा गएर कोण सभा गर्दै सम्पन्न भएको थियो ।

युथ भोलेन्टर केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लाखा र राप्रपा केन्द्रीय सदस्य रामेश्वर थापाले विरोध सभालाई सम्बोधन गरेका थिए । विरोध सभालाई सम्वोधन गर्दै थापाले एमसीसी ल्याउनु देशलाई बेच्न खोज्नु हो भन्दै यसको विरोध गरेका थिए ।

उनले देशमा भएको ह’त्या हिं’सा ब’ला’त्कार एवं कोरोनाको मारलाई भन्दा पनि एमसीसीका लागि सरकार बढि केन्द्रित भएको भन्दै यो सरकारले देश बेच्न सक्ने आरोप समेत लगाएका थिए । उनले विरोध सभालाई सम्बोधन गर्दै कसैको व्यक्तिगत स्वार्थका लागि देश बेच्न नपाईने समेत बताएका थिए ।

यस्तै सरकारको विरोध गर्दै राप्रपा संयुक्तले विभिन्न नारा लगाउँदै मसाल जुलुस सम्पन्न गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै युथ भोलेन्टर केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लाखाले देशका नदी नाला सबै बेचेर खाई सकेपछि अव देश नै बेच्न एमसीसी पास गराउन लागेको आरोप लगाएका थिए ।

एमसीसी पास गराउनुभनेको देशलाई अरुको दाश बनाएको बताउँदै मात्र केही अर्वका लागि हामीले आफ्नो स्वाधिनता बेच्नुनहुने बताए । उनले देशमा बढ्दो कोरोना रोकथाममा सरकारले लाग्नु भन्दा कसरी कोरोनाका नाममा भ्रष्टाचार गर्न सकिन्छ भनी लाग्नु लाजमर्नु भएको बताए ।

लेखा समितिले नै कोरोनाका सामग्री खरिदमा अनियमितता भएको जनाउँदा जनाउँदै पनि यस प्रति एक श्वद नबोल्न देश प्रेम नभएका नेता कर्सिमा रहेको प्रस्ट भएको उनको आरोप रहेको थियो ।

विरोध सभामा युथ भोलेन्टर केन्द्रिय सचिव राजेन्द्र नापित, जिल्ला उपाध्यक्षहरु रोशन नापित, लाले तामाङ, राम श्रेष्ठ, सुमितसंग कार्की, गंगा शरण माक, जिल्ला सचिव सुनविर थिङ, भक्तपुर नगर अध्यक्ष सुनिल ढुकुथु, जिल्ला सदस्य किसन ठुसा लगाएतका सयौं युवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया