चट्याङ लागेर चार जनाको ज्यान गयो

admin

सप्तरी, ११ असार : बिहीबार बिहान चट्याङ लागेर चार जनाको ज्यान गएको छ । महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको ज्यान गएको हो ।

महादेवा गाउँपालिका २ का ६० वर्षका छेदी ठाकुर र २६ वर्षका वेचन यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षकी ललितादेबी यादव र राजगढ गाउँपालिकाका ४६ वर्षका केसी साहको पनि चट्याङ लागेर ज्यान गएको छ ।

१८ वर्षकी आसा मण्डल घाइते भएकी छिन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको पनि भारतीले जानकारी दिए ।

प्रतिक्रिया