अक्सिजन अभावलाई लिएर ‘डब्ल्यूएचओ’को चेतावनी

अस्मिता बेल्बासे

एजेन्सी, ११ असार : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नजिक पुग्न लागेसँगै विश्वमा अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन दिने मेसिन) को अभावसँग जुधिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा भने, ‘कैयौँ देश अब अक्सिनज कन्स्नट्रेटर (मेसिन) को अभावसँग जुधिरहेका छन् । यो समय यो मेसिनको माग धेरै नै भएको छ ।’

‘कोरोना संक्रमणको दरमा अचानक वृद्धिको कारण अक्सिजन कन्स्नट्रेटरको कमी भएको हो, कोभिड-१९ सँग जुधिरहेका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ । उनले भने, ‘अहिलेसम्म विश्वमा ९५ लाख ३५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । चार लाख ८० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाखभन्दा धेरै संक्रमित हुने गरेका छन् । यही कारण प्रतिदिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६ दशमलव २० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता देखिएको छ ।’

डा. टेड्रोसले भने, ‘विश्व स्वास्थ्य सङ्गठनले अहिलेसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको छ र खरिद गरिएका ती अक्सिजन कन्स्नट्रेटरलाई आउँदो हप्ता एक सय २० देशमा पठाउने योजना छ । यसको साथै आउँदो ६ महिनामा ए दशमलव ७० कन्स्नट्रेटर, जसको मूल्य १० करोड डलर हुन्छ, त्यो मिल्ने सम्भावना छ ।’

विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन टिमका प्रमुख डा. रियानले कैयौँ ल्याटिन अमेरिकी देशमा महामारी फैलिँदै गएको र त्यस क्षेत्रमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघिसकेको बताए ।

केही देशमा कोरोना संक्रमणको दरमा पछिल्लो हप्ता २५ देखि ५० प्रतिशत वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

प्रतिक्रिया