खोलाले बगाएर युवतीको मृ’त्यु

राष्ट्रिय समाचार समिति

दैलेख, ११ असार: खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृ’त्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय दैलेखका प्र’हरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उहाँको मृ’त्यु भएको हो । लगातार वर्षात्सँगै खहरे ठूलो भएर आएको र तर्ने क्रममा बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । श’व खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ ।

प्रतिक्रिया