सुनको मूल्य : आज प्रतितोला ५ सयले घट्यो

admin

काठमाडौं, १२ असार : लामो समयदेखि निरन्तर वृद्धि भइरहेको सुनको मूल्य शुक्रबार घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ५ सयले घटेर कारोबार भइरहेको हो ।

त्यसैगरी शुक्रबार तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने ९ सय ४० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया