घम्साघम्सी र चर्काचर्कीले नेकपालाई अझ बलियो बनाउने : नेता रिजाल

अस्मिता बेल्बासे

काठमाडौं, १२ असार : नेकपाका युवा नेता राम प्रसाद रिजालले घम्साघम्सी रक्साकस्सी चर्काचर्कीले र छलफलले पार्टीलाई अझ जीवन्त र बलियो बनाउने बताएका छन् ।

उनले पार्टीले क्षमता र कार्यकुशलताको आधारमा समानुपातिक तरिकाले पदको वितरण गरी सबैलाई समान अवसर दिनुपर्ने बताए ।

नेकपा बलियो नभई मुलुकको भविष्य बलियो हुन नसक्ने भएकोले पार्टीलाई बलियो बनाई पार्टीको मातहतमा सरकार सन्चालन गर्नुपर्ने रिजालले बताए ।

पार्टीको सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीले गरेका निर्णयहरु सबै नेता तथा कार्यकर्ताले अक्षरस पालना गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीलाई एकल नेतृत्व हैन सामुहिक नेतृत्वको आधारमा चलाउनुपर्ने, पार्टीलाई अझ एकढिक्का बनाउन पार्टी र सरकारलाई प्रभावकारी बनाउन वरिष्ठ नेता माधव नेपालको भूमिकालाई बलियो र फराकिलो बनाउनु पर्ने रिजालको दाबि छ ।

उनले सबै पार्टीका नेताहरुले उठाएका जायज र उचित मागहरूलाई स्थाई कमिटीमा समाधान खोजिनुपर्ने र पार्टीको स्थाई कमिटीले गर्ने निर्यणले पार्टीमा देखिएका असमान व्यवहारहरुको अन्त गरिनुपर्ने बताए ।

प्रतिक्रिया