सुशान्तका पिता भन्छन्, ४ छोरीपछि जन्मिएका सुशान्त ३ वर्षको भाकलपछि जन्मिएको हो कसरी बिर्सौ !

अस्मिता बेल्बासे

एजेन्सी, १२ असार : ब’लिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको खबरले यतिबेला ब’लिवुडसँगै सुशान्तको परिवार गहिरो शोकमा छ । चार छोरीपछि जन्मिएका सुशान्तको मृत्युसँगै उनका पिता केके सिंह अझै भावविह्वल अवस्थामा छन् ।

भारतीय मिडियासँग कुरा गर्दै सुशान्तका पिता केके सिंहले आफ्ना छोराबारे भक्कानिदै भनेका छन्, सुशान्तका लागि ३ वर्षको भाकल गरेका थियौँ । तर बिचबाटोमा नै छोराले अप्रिय कदम चालेर हामीलाई नै छाडेर गयो । म कसरी बिर्सौ ? यो असैह्य पिडा ?

निकै कठोर तपस्यापछि जन्मिएका सुशान्तलाई सम्झिँदै उनका पिताले भने, सुशान्तलाई हामी भगवानको उपहार मान्दथ्यौँ । जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।’ उनी फेरी भक्कानिए ।

बिहारका मानिसहरुलाई मद्दत गर्नका लागि धेरै सोचेको जानकारी दिँदै केकेले भने सुशान्तले चन्द्रमामा जग्गा किनेको थियो । जग्गा हेर्नका लागि उसले ५५ लाखको टेलिस्कोप किनेको सम्मको कुरा मलाई भनेको थियो ।

उसले त्यो टेलिस्कोपबाट आफ्नो जग्गा हेरिरहन्थ्यो तर त्यो अन्तिम दिन उ मसँग पनि बोलेको थिएन । सायद यही परिणामका लागि रहेछ । उनी फेरी भक्कानिए ।

झु’न्डिएर नै निधन भएको रिपोर्ट सार्वजनिक
अभिनेता सुशान्तको निधन झु’न्डिएर भएको रिपोर्ट सार्वजनिक भइसकेको छ । सुशान्तको निधनपश्चात उनको योजनाको विषयमा पनि विभिन्न खालका खबर सार्वजनिक भइरहेका थिए ।

सुशान्त अभिनित चलचित्र ‘दिल बेचरा’ जुलाई २१ बाट डिजिटल माध्यममा रिलिज हुँदैछ । हटस्टारमा यो चलचित्र रिलिज हुने र दर्शकले निःशुल्क चलचित्र हेर्न पाउने बताइएको छ । 

सुशान्तको निधन भएको करिब २ सातापछि उनका पिताले उनी बिहेको तयारीमा रहेको बताएका छन् । भारतीय मिडियासँग सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् ।

उनले भनेका छन्-‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए । तर उनले युवतीको नाम भने मलाई भनेका थिएनन् ।’ सुशान्तको प्रेम रिया चक्रवर्तीसँग चलिरहेको थियो । सुशान्तले पछिल्लो समयमा निकै कम कुराकानी गर्ने गरेको पनि उनका पिताले बताएका छन्।

प्रतिक्रिया