काठमाडौंका ३ सहित ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

admin

काठमाडौं, १२ असार : शुक्रबार बितेको २४ घण्टामा काठमाडौंका ३ सहित विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।

मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया