‍भक्तपुरमा दिनदहाडै लु’टपाट गर्ने दुई प’क्राउ

admin

काठमाडौँ, १२ असार : भक्तपुरमा दिउँसै लु’टपाट गर्ने दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ। शुक्रबार दिउँसो साढे १ बजे चाँगुनरायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरूङ चिहानडाँडा जंगलमा घाँस काट्न गएकी थिइन्। सोही बेला दुई जना पुरूषले गुरूङले कानमा लगाएको सुनको रिङ तानेर भागेका थिए।

उनीहरू काठमाडौंको शंखरापुर नगरपालिका-६ सलम्बुटारतर्फ भागी फरार भएको भन्ने खबर पाएपछि प्र’हरीले उनीहरूको खोजीतलासी थालेको थियो। महानगरीय प्र’हरी परिसरका प्रवक्ता दीपक गिरीका अनुसार ती लु’टेरालाई पक्रन भाग्न सक्ने नाकामा सुरक्षाकर्मीहरू बढाइएको थियो।

उनीहरूलाई प’क्रन महानगरीय प्र’हरी प्रभाग चाँगुनारायण, खरिपाटी, नगरकोट र स्थानीयवासीको सहयोग थियो। त्यस्तै काठमाडौंको महानगरीय प्र’हरी प्रभाग साँखुलाई समेत खबर गरी घेराबन्दी गर्दै खोजतलास गर्ने क्रममा दुबै लुटेरालाई प्र’हरीले प’क्राउ गरेको परिसरले जनाएको छ।

प’क्राउ पर्ने सिन्धुपाल्चोक बन्जेमानेका ३१ वर्षीय बिशाल तामाङ र चौतारा नगरपालिका-२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ छन्। उनीहरू भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्दै आएका थिए। प्र’हरीले उनीहरूबाट सुनको रिङ एक जोर र खुकुरी समेत बरामद गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ। उनीहरूले रिङ तान्दा गुरूङको कानको लोती च्यातिएको छ। उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको प्रह’रीले जानकारी दिएको छ।

प्रतिक्रिया