छ वर्षपछि फरार प्रतिवादी पक्राउ

राष्ट्रिय समाचार समिति

मेलम्ची, १५ असार : नागरिकता कीर्ते गरेको आरोपमा फरार रहेका एक युवालाई इलाका प्र’हरी कार्यालय मेलम्चीले प’क्राउ गरेको छ ।

फाइल फोटो

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ गुन्साका ४४ वर्षीय प्रेम लामालाई आज प’क्राउ गरेको इलाका प्र’हरी कार्यालयका प्र’हरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

छ महिना कैद र रु १५ हजार जरिवाना तोकिएका लामा अहिलेसम्म फरार रहेका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत चौतारा पठाइएको इलाका प्र’हरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया