आ’गलागीमा परेर बालिकाको ज्यान गयो

admin

भोजपुर, १५ असार :भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आ’गलागीमा परेर एक बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आ’गलागी हुँदा उहाँकी ३ वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्र’हरी कार्यालय भोजपुरले जनाएको छ ।

हिजो भएको आ’गलागीमा गम्भीर घा’इते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा बालिकाको राति त्यहीँ ज्यान गएको प्र’हरीको भनाइ छ ।

घरमा विद्युत सर्ट भइ आ’गलागी भएको प्र’हरीले जनाएको छ । घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्र’हरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया