सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, गो’लीको छर्राबाट १८ जना घाइते

admin

सर्लाही, १५ असार : सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस (नेका) कार्यकर्ता बीच झ’डप भएको छ । झ’डपमा गो’ली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

आइतबार राति भएको झ’डपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । झ’डपमा दुई जना प्रहरीसमेत घाइते भएको उनले बताए ।

झ’डप नियन्त्रणमा लिन प्रहरीले चार रा’उण्ड आ’श्रुग्यास प्र’हार गरेको थियो । घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको ह’त्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको म’साल जु’लुसमा कांग्रेस कार्यकर्ताले गो’ली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले जानकारी दिए ।

आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गो’लीको छ’र्रा लागेको र ला’ठीको प्र’हारबाट घाइते भएको नेता सिंहले जानकारी दिए । घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने ग’म्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको उनले बताए ।

नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले कांग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कु’ट’पि’ट गरेको नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए ।

यता नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आ’क्रमण गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेकपा कार्यकर्ताको कु’टाइबाट आफ्ना छ जना कार्यकर्ता घाइते भएको उनले बताए ।

प्रतिक्रिया