प्रधानमन्त्री ओली ६२ सालको बाह्र बुँदेको जालोमा परेका हुन् : नेता रायामाझी

शेखर जंग रायमाझी

काठमाडौं, प्रधानमन्त्री केपी ओलीको भनाई अनुसार, उनलाई भारतले पदबाट हटाउन चाहन्छ र त्यसका लागि होटलका कोठाहरुमा दुतावासका र उनका पार्टीकाको उठबस चलिरहेको छ, अर्थात उनलाई आफ्ना पार्टीकाले भारतको सहयोगमा हटाउने प्रपन्च चलाइरहेको छ ।

उनी के पनि दावा गरिरहेको छन् भने यति बेला उनि बाहेक कसैले पनि देशको हित गर्न सक्दैनन्, त्यसको लागि उनि प्रधानमन्त्री पद नचाहेर पनि छोड्न मिल्दैन । यो भन्दा अघिल्लो पटक पनि चिनसंगको पारबहन र वाणिज्य संधिका कारण उनको बहिर्गमनमा भारतको हात थियो ।

अर्थात् नेपालको सत्ता परिवर्तनमा भारतको हस्तक्षेप छ र उनिले अडान नलिए यो आगामी भविष्यमा कसैले पनि सक्दैन र राष्ट्रवादको यो अडानमा उनलाई सबैले साथ दिनुपर्छ । प्रधानमन्त्रीको यो स्विकारोक्तिले अब सम्पूर्ण नेपालीलाई स्पष्ट भयो कि नेपालको सत्ता परिवर्तनमा भारतको भुमिका रहँदै आएको छ, र अहिलेको प्रपन्च पनि त्यसैको एउटा कडि हो ।

प्रधानमन्त्री ज्यू ढिलै भएपनि सत्य उद्घाटित गर्नु भएकोमा साधुवाद छ, तर यो सब कारकको तपाई पनि एउटा पात्र हो भन्ने हेक्का छ कि छैन ? तपाईहरु जब यो मुलुकको समस्या आफ्नै मुलुकमा हल नगरेर २०६२ सालमा दिल्ली पुग्नुभयो र विदेशी प्रभुहरुलाई मालिक ठान्नु भयो, हो त्यसैको फल भोग्दै हुनुहुन्छ ।

तपाईलाई नेपालको इतिहास राम्रो संग अवगत होला कि नेपालका राजा महाराजाहरुले कसरी २४०बर्ष सम्म आफ्नो मुलुकलाई स्वतन्त्र र स्वाधिन बनाएर ल्याएका थिए तर तपाईहरु वास्तविक भूराजनीतिक परिस्थितिको अवहेलना गर्दै जसरी अतिक्रान्तिकारी रोमान्चकतामा भुल्नुभयो हो त्यही कमजोरीमा बिदेशी प्रभुहरुले खेल्ने मौका पाए र तपाईहरु दास र दलाल बनाइएको हेक्का पाउनु भएन ।

आज जुन प्रकारको रोदन गर्दै हुनुहुन्छ त्यसले मात्र नेपालको राष्ट्रियता बलियो हुदैन, नेपालको राष्ट्रियता बलियो बनाउन परापुर्वकाल देखि राष्ट्रिय एकताको आधार शाहबंशीय राजसंस्था हो । यो नेपाल राष्ट्रको निर्माता शक्ति हो । जबसम्म यो शक्तिलाई पुनर्बहाली गराउन सकिदैन तबसम्म बाह्यशक्तिको चलखेल, प्रभाव निरस्त्र गर्न सकिदैन ।

तसर्थ तपाईले सोच्नुभएको अर्धसत्य मात्र हो । पुर्ण सत्य त राजा सहितको प्रजातन्त्र हो । यो सत्य र अपरिहार्यतालाई मनन गर्दै अगाडि बढ्नोस तपाईलाई सम्पुर्ण नेपाली जनताको साथ पाउनु हुनेछ, अन्यथा तपाई त बिलिन हुनुहुनेछ नै राष्ट्र पनि संकटमा परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू