काठमाडौंका १४ सहित ३१६ जनामा कोरोना, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

admin

काठमाडौं, १६ असार : मंगलबार थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा उपत्यकाकामात्रै १४ जना रहेका छन् । संक्रमितमा काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् ।

नयाँ संक्रमितमा ७१ महिला, २४५ पुरुष गरी थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ । आरडिटी विधिबाट मंगलबारसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।

यस्तै, अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोना संक्रमणको कारण नेपालमा ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया