जसपाको नाजायज नागरिकता विधेयक खारेजीको आन्दोलनलाई जनताले प्रतिबाद गर्न सक्छन् : नेता रिजाल

अस्मिता बेल्बासे

काठमाडौं, १६ असार : नेकपाका युवा नेता राम प्रसाद रिजालले, जसपाले नागरिकता विधेयक खारेज गर्नुपर्छ भनेर गरिएको विरोध बेमौसमी बाजा भएको बताएका छन् ।

उनले गैर नागरिक र विशेष गरी भारतीय मुलका नागरिक लाई विवाहसँग-सँगै नागरिकता दिनुपर्छ भन्दै, पिएनपि खबरसँग जसपा सडकमा कुर्लिनुले खुलेयाम जसपाले राष्ट्रको स्वधिनतामाथि नांगो प्रर्दशन गरेकोले यो आन्दोलन र विरोधलाई सरकारले नियन्त्रण गर्नुपर्ने र नेपाली जनताले प्रतिबाद पनि गर्नसक्ने बताएका छन् ।

उनले नेपाली जनताले नागरिकता नपाएको भए आवाज उठाउन जसपा पार्टीको नेताहरुलाई आग्रह गरेका छन् । ‘जसपाकै नेताहरु र पार्टीलाई नाजायज माग लिएर यसरी सड़क तताउँदै जाने हो भने आगमी निर्वाचनमा मधेसी मूलका तराईमा बस्ने सक्कली नेपाली दाजुभाई दिदिबहिनीहरुले मधेसबाट लखेट्नेछन्, उनले भने ।’

नाजायज माग लिएर जसपाले सडक तताईरहेकोले यसको प्रतिबाद पनि जनताले गर्न सक्ने भएकोले बेलैमा जसपाको आन्दोलनको सरकारले नियन्त्रण गर्नुपर्ने उद्घोष गर्दै, सरिता गिरी जस्ता देशघातीहरु जनमाउने माग लिएर किन बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईहरु सड़क तताईरहेका छन् ? रिजालले प्रश्न गरे !

प्रतिक्रिया