बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

admin

काठमाडौं, १६ असार : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।

बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

चारआली, बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी डिपोबाट १५ किलोमिटरको दूरीभित्र पेट्रोलको खुद्रामूल्य प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलको ८५ रुपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दूरीभित्र पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्नेछ।
थनकोट, सुर्खेत र दिपायल डिपोबाट १५ किलोमिटर दूरीसम्मको क्षेत्रमा पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ, डिजेल/मट्टितेल ८७ रुपैयाँ पर्ने निगमले जनाएको छ।

प्रतिक्रिया