पूर्वमन्त्री बाँस्कोटाको घरमा वि’ष्फोट गराउने एक जना प’क्राउ

admin

काठमाडौँ, १७ असार : पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा वि’ष्फोट गराएको अभियोगमा एक जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही छन् ।

भक्तपुर प्र’हरीका डीएसपी दिपक गिरीले बताए अनुसार उनलाई महानगरीय प्रह’री वृत्त, ठिमीमा राखिएको छ । ‘पूर्वमन्त्रीज्यूको घरमा भएको वि’ष्फोटबारे अनुसन्धानका क्रममा उनलाई प’क्राउ गरिएको हो’, गिरीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रतिबन्धित विप्लव समूहले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।

यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले वि’ष्फोट गराएको थियो । घ’टनामा संलग्नताको आरोपमा त्यतिवेलै चार जना प’क्राउ परेका थिए । तीमध्ये एक जना संलग्नता पुष्टि नभएपछि छुटेका छन् भने तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया