शिशुलाई जङ्गलमा फाल्ने युवायुवती प’क्राउ

राष्ट्रिय समाचार समिति

गलकोट, १७ असार : यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्र’हरीले सोमबार प’क्राउ गरेको छ ।

प्र’हरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई प’क्राउ गरी अनुसन्धान थालेको इलाका प्र’हरी कार्यालय बुर्तिबाङका प्र’हरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि प’क्राउ गरिएको भण्डारीले बताउनुभयो । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्र’हरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया