काठमाडौंमा देखा परेको सलहको झुण्ड ठूलो होइन, पानी परेपछि जोखिम कम हुन्छ : कृषिविज्ञ

admin

काठमाडौं, १७ असार : अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ ।

गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको संख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ ।

“काठमाडौंमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा. बूढाथोकीले भने । नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ ।

पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

प्रतिक्रिया