श्रीमतीले हानेको चिर्पटले लागेर श्रीमानको मृत्यु

admin

रुकुम पूर्व, १७ असार : श्रीमतीले हानेको चिर्पटले लागेर श्रीमानको मृत्यु भएको छ । सिस्ने गाउँपालिका-२ का २३ वर्षीय बिछोड बिकको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा मृत्यु भएको हो ।

पारिवारिक विवादको क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हानेको र श्रीमानको मृत्यु भएको वडाध्यक्ष जीवन केसीले बताए ।

वडाध्यक्ष केसीका अनुसार, बिहानपख मात्र घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरिएको हो । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मा बिकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया