काठमाडौं, १९ असार : पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीले ‘ईनफ इज ईनफ’को सत्याग्रहको साथ र समर्थन दिँदै ऐक्यबद्धता जनाएका छन् ।
उनले सतप्रतिशत पिसिआर टेष्ट लागु गर्नु पर्ने, आरडिटि टेष्ट पुर्णरुपमा रोक्नु पर्ने, क्वारेन्टाइन सुरक्षित अनि सुव्यवस्थित हुनुपर्ने, अग्रभुमिकामा रहेका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन उत्प्रेरणा जगाउने बनाउँन पर्ने र कोरोना नियन्त्रण कोषको खर्च पारदर्शी र जवाफदेहीपुर्ण हुनुपर्दछ भन्ने माग सहित शुरु गरिएको सत्याग्रह, आजको सर्वथा अत्यावश्यक माग रहेको बताएका छन् ।
उनले यो जनताको जिवन रक्षा संग प्रत्यक्ष सरोकार राख्ने, कुनैपनि बहानामा पन्छाउन र अनदेखा गर्न नमिल्ने विषय भएको बताए । ‘उनले भने ‘ईनफ इज ईनफ’ले केही सप्ताह पहिले देखि सामाजिक संजाल मार्फत सरकारलाई घच्घच्याई रहेको थियो भन्नु हुन्छ नेता रायामाझी र सडकमा नो भ्वाइलेन्स अनि फिजिकल र सोसियल डिस्टेन्स मेन्टेन गर्दै सडक मार्फत विभिन्न माग डिस्प्ले गरेको शान्तिपुर्ण कार्यक्रममा सत्ताले पानीको फोहरा, अश्रुग्याँस र लाठीचार्ज गर्दै दमन गर्न पुग्यो ।’
‘सामाजिक संजालमा तीनलाख शिक्षित युवा व्यक्तित्व आवद्ध भईसकेको यो अभियानले देशैभर प्रमुख सहरमा निरन्तर अभिमुखीकरण सुझाव सहितको नारा हाते पोष्टर मार्फत प्रदर्शन गरिनैरहेको छ, उनले भने ।’
‘यता राजधानीमा प्रमुख अभियन्ता ‘ई’ र अन्य युवा युवतीहरु सत्याग्रहमा छन् । तर प्रधानमन्त्रीले हिजो धेरै ढिला गरी भेट्नु भयो तर यो कोभिड-१९ रोकथामका विषयमा आजसम्म भएगरेका गल्ति र कमजोरी नसच्याए ठुलो प्रतिरोधको सामना गर्नुपर्ने देखिन्छ ।’
‘किनभने यो छोटो समयमा नेपाली समाजमा निकै प्रभावशाली आन्दोलनको रुपमा रहेको छ तसर्थ कोरोना महासंक्रमणलाई पहिलो प्राथमिकतामा राखि रोकथाम र यसको अन्य असरहरूमा यथासिघ्र पहल होस भनि पुनरुत्थानवादी शक्ति नेपालको जोड छ ।’