सत्तारुढ नेकपाकै दुई समूहबीच हा’नाहा’न

admin

कैलाली, असार २२ : सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) मा दुई समूहबीच कैलालीमा झ’डप भएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झ’डप भएको हो।

सोमबार साँझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थन गर्दै कार्यक्रम आयोजना गरेको थियो। सोही क्रममा दुवै पक्षबीच हात हा’लाहा’लसम्म भएको हो। स्थानीयका अनुसार ओली पक्षले, ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको हो।

ओली पक्ष निकट मानिँदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण गरेका थिए। लगत्तै बोल्न माइक समाएका लम्की’चुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए। त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि खनिएका थिए। झ’डप सुरु भएपछि प्र’हरीले झ’डप साम्य पारेको थियो।

प्रतिक्रिया