दुई वडाका ४० जनामा सिकलसेल पोजिटिभ देखियो

admin

दाङ, २९ असार : दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर ४ र ५ वडाका ४० जनामा सिकलसेल पोजिटिभ देखिएको छ ।

स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट द्रोण वलीका अनुसार दुई वडामा गरी दुई सय ४१ जनामा गरिएको परीक्षणमा ४० जनामा सिकलसेल पाजिटिभ देखिएको हो ।

त्यहाँ सिकलसेल पोजिटिभ हुनेको संख्या एक सय १८ पुगेको छ । गाउँपालिकाका सात सय १५ जना थारु समुदायका नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअर्न्तगत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । सोमबार दङ्गीशरण गाउँपालिकाको १ र २ नम्बर वडामा परीक्षण हुँदैछ ।

प्रतिक्रिया