नेपालमा संक्रमितको संख्या १७ हजार नाघ्यो

admin

काठमाडौं, ३० असार : मंगलबार नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित मध्ये काठमाडौंका २ जनासहित ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै हालसम्म सक्रिय संक्रमित ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा संक्रमित १७ हजार ६१ रहेको उनले जानकारी दिए ।

यसैगरी बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।

प्रतिक्रिया