विवाहको आश्वासन दिएर बालिका ब’लात्कार गर्ने दुई युवा थुनामा

राष्ट्रिय समाचार समिति

पर्वत, ३१ असार : पर्वतको कुश्मा बजारमा बालिका ब’लात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् ।

थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर ब’लात्का’र गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते प’क्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा यही असार १७ गते गिर’फ्तार गरिएको थियो ।

श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा ब’लात्कार गरेको भनीे पीडितले असार १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पिडीत बालिका छ महिनाको गर्भ रहेको पाइएको छ ।

यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा बला’त्कार गरेको आरोप लागेको छ । उनीमाथि पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर ब’लात्कार गरेको आरोप छ । आरोपित खड्का ट्र्याक्टर चालक हुन् ।

प्रतिक्रिया