काठमाडौँ, १ साउन : मोरङ प्र’हरीले एक महिलामाथि ब’लात्कार गरेको आरोपमा दुई जनालाई प’क्राउ गरेको छ। प्र’हरीले बिराटनगर महानगरपालिका-१२ बखरी बस्ने नयन श्रेष्ठ र उनका भाइ पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई आइतबार प’क्राउ गरेको हो।
नयन श्रेष्ठ बिराटनगर वडा नम्बर ३ स्थित काठमाडौं सेक्युरिटी कार्यालयका सञ्चालक हुन्। जिल्ला प्र’हरी कार्यालय मोरङका अनुसार उनी पूर्व प्र’हरी समेत हुन्। फागुन ३ गते साँझ ६ बजे आफ्नो कार्यालयमा बोलाइ नयनले ज’बरज’स्ती कर’णी गरेकाे एक महिलाले आरोप लगाएकी छिन्।
हल्ला गरेमा मा’र्ने ध’म्की दिइ ती महिलालाई ज’बरज’स्ती क’रणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन्। साेही बेलाकाे भिडियाे आफूले खिचेकाे भन्दै नयनकै भाइ नाता पर्ने ज्योतिले दाइले भनेका सबै मान्नु पर्ने भनी द’वाव दिँदै आएकाे महिलाकाे आराेप छ।
प्रहरीले उनीहरू दुबै जनालाई नियन्त्रणमा लिइ जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको डिएसपी मानबहादुर राईले जानकारी दिए। पीडित महिलाका अनुसार नयनकै श्रीमती रसिला श्रेष्ठ पनि आफूसँग सम्पत्ती हडप्न बार्गेनिङ गर्न आएकी थिइन्।
पीडित महिलाले जाहेरीमा उल्लेख गरे अनुसार असार १२ गते शुक्रबार बेलुकी रसिलाले बोलाएर शर्त मानेमा आफ्ना श्रीमानले खिचेको भिडिओ दिने वा हटाइदिने कुरा गरेकी थिइन्।
शर्तमा घरजग्गा उनीहरूको नाममा पास गराउनु पर्ने वा १० लाख दिन माग राखेकी थिइन्। प्र’हरीले रसिलालाई भने नियन्त्रणमा लिएको छैन। ‘आरोप मात्रै लागेको हो। अहिले पुष्टि भइसकेको छैन त्यसैले हामीले प’क्राउ गरेका छैनौं,’ डिएसपी राईले भने,’अनुसन्धान भइरहेको छ।’