नेकपाको स्थायी कमिटी बैठकअघि द्वयअध्यक्षबीच छलफल हुने

admin

काठमाडौं, २ साउन : सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने भएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक (आज) शुक्रबार बस्न लागेको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने भएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबारको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको अध्यक्षद्वय र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।

प्रतिक्रिया