साउनमा हरियो चुरा-पहेंलो बस्त्र लगाउने प्रचलन नेपालको सँस्कृती होइन, विदेशीको व्यापार हो : तारा बराल (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, २ साउन : राष्ट्रवादी महिला संघ नेपालकी अध्यक्ष तारा बरालले साउनमा हरियो चुरा तथा पहेलो बस्त्र लगाउने प्रचलन नेपालको सँस्कृती नभइ, विदेशीको व्यापार भएको बताएकि छिन् ।

पिएनपी खबरसाग अन्तर्वातामा बोल्दै बरालले साउनमा हरियो चुरा तथा पहेलो बस्त्र लगाउने प्रचलन नेपालको संस्कृति नभएको विदेशबाट व्यापारिकरूपमा नेपाल भित्रिएको बताएकि हुन् । उनले साउन महिनामा भगवानको नाममा हरियो चुरा र पहेलो बस्त्र लगाउने प्रचलन नेपाली संस्कृति विपरीत रहेको बताएकी छिन् ।

यसै सन्दर्भमा बोल्दै, पछिल्लो समय नेपाली कलाकार भित्रको विवादित विषय र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भगवान रामको जन्मस्थल अयोध्याको विषयमा पनि उनले आफ्ना धाराणहरु राखेकी छिन् ।

उनले नेपालमा आस्था राखिने कुनै पनि धर्म संस्कृतिभित्र साउनमा हरियो चुरा लगाउने प्रचलन नरहेकोले व्यापारिक तवरबाट अन्य देशबाट यो प्रचलन नेपाल भित्रिएको बिचार व्यक्त गरिन् । ‘नेपालको इतिहासमा नरहेको यस्तो प्रचलनबाट वर्सेनि अरबौ खर्च गरी यहाँको धर्म संस्कृतिलाई असर पुर्‍याएको छ’ उनले भनिन् ।

यस्तो प्रचलनले नेपाली अर्थतन्त्रमा मात्र नभएर नेपाली संस्कृतिलाई लोपसमेत बनाउन सक्ने उनको तर्क छ । खाली घडेरी बाँझो राखेर हात हरिया चुराले भर्दैमा हरियाली हुने भए विश्व किन जिउनका लागि मरिहत्ते गथ्र्यो होला ?

‘चाडपर्व, धर्म, संस्कृति पिता पुर्खाका परिचय अनि एकता र मनोरञ्जनका प्रतीक हुन् । जुन खराब छैनन् तर अहिले नेपालको सन्दर्भमा एकातिर राजनीतिको म्युजिकल चेयरका खेलाडीले पहिचानको नाममा विभिन्न जाति र धर्मका नाममा एकता बिथोलेका छन् । उनी भन्छिन्, गिनिज बुकबाटै नेपालको धार्मिक परिचय हिन्दु राष्ट्र मेटाउने विदेशी षड्यन्त्रलाई सहयोग गरेको प्रतीत हुन्छ । अर्कोतिर हुनेखाने महिलाले नै सबै धर्म संस्कृति, चाडपर्व, परम्परा, रीतिरिवाजलाई आफ्नो पेवा झैं तडकभडकले जता मन लाग्यो त्यतै मोडेर मनाउन थालेका छन् । यसले हुँदाखानेलाई पिरोलेको छ । उनीहरू आफ्नो परम्परागत संस्कृतिप्रति खर्चकै कारण वितृष्णा जागेर धर्म परिवर्तन गर्न समेत बाध्य पारिएका छन् ।’

उनले अन्तर्वातामा बोल्दै बर्सेनि नेपाली महिलाले शृंगार र तडकभडकमा देशको सबैभन्दा ठूलो धनराशि विदेश पठाएको रेकर्ड पाइएको बताएकी छिन् । धार्मिक, सामाजिक, सांस्कृतिक परम्परामा थपिँदै गएका विकृति न्यूनीकरणका लागि प्रशासन, बुद्धिजीवी, पत्रकारलगायत सम्बन्धित निकायको सहयोग र ऐक्यबद्धता आवश्यक भएको बताइन् ।

साउनको नाममा हरियो चुरा तथा पहेँलो वस्त्र, तीजको महिनौंअघिदेखि सुरु हुने खर्चिलो दर, गरगहना प्रदर्शन, महँगा लुगा खरिदको प्रतिस्पर्धा, तिहार, विवाह, व्रतबन्धका नाममा चुलिँदै गएका उपहार, गहना, जोखेर किनिने साडी, दुलही र सम्धिसम्धिनीका नाममा ढोगाउनी आदि विकृतिका बारेमा उनले कुरा उठाउँदै आएकी छिन् ।

परम्परा र संस्कृतिका पथ प्रदर्शक पण्डित र लामाहरूसँग कुनै शास्त्र विशेषमा उल्लेख गरिएभन्दा बाहेकका तडकभडक रोक्न पहल गरिदिन पनि उनको आग्रह छ । साउनका नाममा लगाइने हरियो चुरा र पहेँलो वस्त्र संस्कृतिको रूपमा कुनै शास्त्रमा उल्लेख नभएको र विदेशीले चुरा व्यापारका लागि विकृति फैलाउन नेपाली कलमजीवीलाई कुनै समय प्रयोग गरिएको निष्कर्ष निकालेको उनी बताउँछिन् ।

‘संस्कृति पिता पुर्खाका परिचय भए पनि विदेशीले व्यापारका लागि भिराएका नवनिर्मित एजेन्डाहरू विकृति हुन्, हरियो पहेँलो चुरा र पहेलो वस्त्र अहिले नेपालमा ठूलो विकृतिका रूपमा देखिएको छ, उनले भनिन् । आफ्नो देशको उत्पादन हुँदा सुनका चप्पल लगाएर हिँडे पनि हुन्छ । तर देशमा उत्पादन नहुने कुरालाई संस्कृतिको नाममा फेसन बनाएर खाली पेटमा पटुका कसेर छोराछोरीलाई दुई छाक राम्ररी नखुवाई चलनको नाममा देखासिकी गर्नुपर्ने किन ? धर्म संस्कृति र परम्परा सबैका साझा सम्पत्ति हुन् । जसमा सधैं धनीले मात्र हाँस्नु र बाँच्नुपर्छ भन्ने छैन । तर जुनसुकै चाडपर्व र परम्परा किन नहोस् धनीमानीको हालीमुहाली, महँगा कपडा र गरगहना प्रदर्शन बढ्दैछ । यसको अन्तिम बिन्दु या चरम बिन्दु कहाँ होला ? कसैले आंकलन गरेका छैनौं ।’

‘उनले भनिन्, हामीले बुझ्नैपर्ने कुरा के भने कुनै महिलाले आफ्नो घडेरी जमिन बाँझो राखेर तरकारी, गोलभेँडा, साग र खुर्सानी समे भारतीयको खाएर विदेशबाट छोरा र श्रीमान्ले दुःख गरेर भित्र्याएको पैसाले हरिया चुरा लगाउँदैमा वास्तविक हरियाली पाइँदैन । कृत्रिम हरियालीले न त वातावरण नै न त स्वास्थ्य नै राम्रो पार्छ । बरु त्यो पैसाले दुई दाना तरकारीको बिउ किनेर जमिन हराभरा बनाऔं । वर्षको एउटा बिरुवा रोपौं, त्यसले हामीलाई साउनको वास्तविक हरियाली दिनेछ । भान्साका लागि हुने खर्च पनि बचत हुनेछ । पहेँले टालो शिवजीको सम्मानमा चढाऔं,  यसो गरे बर्सेनि विदेशीने दसौं अर्ब रुपैयाँ मुलुकमै अडिनेछ । देशको आर्थिक विकासमा टेवा मिल्नेछ । योभन्दा अर्को धर्म के छ ?’

बाँकी भिडियोमा हुर्नुस् ।

प्रतिक्रिया