कारागारमा एक महिला कै’दीको मृ’त्यु

admin

जनकपुरधाम : महोत्तरीको जलेश्वर कारागारमा रहेकी एक महिला कै’दीको मृ’त्यु भएको छ। जिल्ला अस्पतालमा उपचारको क्रममा शुक्रवार राति सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ की अन्दाजी ३५ वर्षीया नुर जहाँ खातुनको मृ’त्यु भएको हो।

कर्तव्य ज्या’न मुद्दामा गत मंसिर १९ देखि कै’द सजाय भोग्दै आएकी उनको उपचारको क्रममा मृ’त्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए।

टाउको दुखेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। पहिलेदेखि नै टाउको दुख्दै आएको र अ’चानक बे’होस भएपछि अस्पताल लगेको जे’लर महासेठले बताए।

प्रतिक्रिया