बनारसको भाइरल भिडियोमा देखिएका व्यक्ति ‘भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार’

admin

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको वि’रोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित “नेपाली युवक” वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडियो बनाउन सहमति दिएको भारतीय प्र’हरीले बताएको छ।

नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीवि’रुद्ध ना’राबाजी गर्न लगाएको देखिन्छ। उक्त घ’टना’को भिडियो खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्र’हरीले शुक्रवार चार जनालाई प’क्राउ गरेको थियो।

उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना प’क्राउ परेका छन्।
मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्र’हरीका एसपी अमित पाठकले जानकारी दिए।

को हुन् ती व्यक्ति?
“नेपाली युवक”का रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्र’हरीले बताएको छ। यसअघि शनिवार बिहान एसपी पाठकले भनेका थिए, “उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।”

एसपी पाठकले भने, “आज हाम्रो सम्पर्क यो भिडियोमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ।”
उनका अनुसार ती व्यक्तिका आमा र बुवा भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन्। “उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो,” एसपी पाठकले भने।

प्रतिक्रिया