ट्र्याक्टर दु’र्घटना, सातको मृ’त्यु

राष्ट्रिय समाचार समिति

झिमरुक, ४ साउन: प्युठानमा ट्र्याक्टर दु’र्घटना हुँदा सात जनाको मु’त्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दु’र्घटना भएको थियो ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दु’र्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मु’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्युठानका सूचना अधिकारी प्र’हरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मृ’त्यु भएका सबैको सनाखत भएको छैन । प्र’हरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृ’त्यु भएको जानकारी दिुनभयो ।

ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्र’हरीले जनाएको छ । घ’ट’नाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया