प्युठान ट्र्याक्टर दुर्घटनामा ज्यान गुमाएका सात जनाको पहिचान खुल्यो

admin

प्युठान, ४ साउन : प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ज्यान गुमाएका सात जनाको पहिचान खुलेको छ ।

भिग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका-५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

ट्र्याक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुँवरको पनि ज्यान गएको उनले बताए । स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा गएराति १२ः५५ बजेको समयमा लु२च ४२३४ नं ट्र्याक्टर दुर्घटना भएको थियो ।

साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको थियो । ट्र्याक्टरमा आठ जना सवारमध्ये एक ट्र्याक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ ।

सडकबाट करिब ५०० मिटर तल खसेको छ । श’व आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया