साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, ४ साउन : आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३ सय रुपैयाँ बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

गएको बिहीबार अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको थियो ।

यस्तै तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । चाँदी शुक्रबार तोलामा ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया