सिमा तथा नागरिकता विद् सेढाईलाई बारम्बार ज्यान मार्ने धम्की, भारतीय दलालहरुको पर्दाफास (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, ४ साउन : सिमा तथा नागरिकता विद् हेमन्त सेढाईले भारतीय दलालहरुको पर्दाफास गर्दै नेपालको नयाँ नक्सा, नेपाली नागरिकता जस्ता बिषयमा बोल्दा भारतीय दुतावासलगाएत विभिन्न माध्यमबाट ज्यान मार्ने धम्की आएको बताएका छन् ।

पिएनपि खबरसँग अन्तर्वाताको क्रममा उनले यो कुरा बताएका हुन् । अन्तर्वाता कै क्रममा उनले भने “भारतीय दलाल, नेपाल सिमाना र अङिक्रित नागरिकताको बिषयको बारेमा आवाज उठाउँदा मलाई सयौं कल फोन र धम्की आएको छ । तर पनि म आफ्नो अडानमा उभिएको छु । मलाई विश्वाश छ ३ करोड नेपालीले साथ दिनुहुनेछ ।”

उनले यो भन्दा अगाडि पिएनपिसँगै आफूसँग भएको भारतीयहरुले दोहोरो नागरिकता लिएर नेपालको संसदमा प्रवेश गरेको प्रमाण सहित मिडियामा आएका थिए । उनले सरिता गिरी, राजेन्द्र महतो, महन्त ठाकुर, रेणु यादव, सुरेश चन्द्र शाह, सिता यादव लगायत भारतीय नागरिकताधारी भएको, उनीहरुको अहिले पनि भारतको मतदाता नामावलीमा नाम रहेको बताएका थिए ।

उनले अहिलेसम्म ४० लाख भन्दा बढि नागरिकता बेचिएको बताएका छन् । उनले दलका नेताहरुले नागरिकताको लोभ देखाएर भोट माग्नु दुर्भाग्य भएको बताउँदै आएका छन् । सेढाईले नागरिक विधयेक पारित भए नेपाल छिट्टै भारतमा बिलय हुने बताएका थिए ।

उनले भनेका थिए, “भारतले नेपालको भुमिमाथि गिद्धे नजर लगायो । नेपालमा भईरहेको चलखेल भारतको योजनामा भएको हो । मतदानबाट जनसंख्या अतिक्रमण गरेर देशलाई नै भारतले हडप्न खोजे।” यसले नेपाली जनतामाथि नै घात हुने उनको भनाई थियो ।

यसै सन्दर्भमा न्यायपालिकाले समेत् यस विषय जाएज रहेको बताएकोमा उनले आपत्ति जनाएका छन् । उनले आफ्नो देशको लागि जस्तोसुकै अवस्था आएपनि आवाज नरोक्ने बताएका छन् ।

अन्तावार्तामा बोल्दै उनले भने “मैले मेरो देशको बारेमा बोल्दा देशलाई असर पर्छ भने प्रधानमन्त्री केपी शर्मा ज्यू मलाई माफ दिनुहोस् तर, म मेरो देशको बारेमा बोल्न छाड्दिन ।”

उनले अहिले सम्म जति डर धम्की आएपनि देशको बारेमा बोल्न छाडेका छैनन् । उनी भन्छन्, “मलाई देशभित्र बाहिर रहेका आमनेपालीले साथ दिनुभएको छ, अझै दिनुहुनेछ म आशावादि छु, बरु मलाई मधेशका जतनाले साथ दिनुभएको छ तर सरकारीनिकायबाट साथसुरक्षा छैन ।”

देश बेचिनै लाग्यो, देश खतरामा छ, आमनेपाली नागरिक माथि घात हुँदै आएको छ, उनले बारम्बार यस्ता विभिन्न विषयमा कुरा उठाउँदा पनि सरकारको ध्यानाकार्षण नभएको बताएका छन् ।

बाँकी भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया