पन्ध्र महिनामा सप्पन्न गरिसक्नुपर्ने सडक बर्षौदेखि अलपत्र, ६ करोड झ्वाम (प्रतिवेदनसहित)

admin

काठमाडौं, ४ साउन : काठमाडौं उपत्यका भित्रकै मुख्य सडक निर्माणको काम अलपत्र अवस्थामा छाडिएको छ । सडक निर्माणको क्रममा स्थानीयलाई आवतजावतमा हुन सक्ने समस्यामा उचित ध्यान पुर्‍याउँन नसक्दा झनै समस्या थपिएको छ ।

उपत्यकाको फोहोमैला व्यवस्थीत गर्नका लागि नुवाकोट र धादिङ्ग जिल्लाको सिमाना पर्ने ओखरपौवामा डम्पीङ्ग साईट स्थापना भए पनि पटक पटकको स्थानीय माग र दुर्घटनाका कारणले फोहोर बोकेका ट्रिपरहरु रोकिदा त्यसको प्रत्यक्ष असर काठमाडौंबासीले भोगिरहेका छन् ।

यसै समस्यालाई समाधान गर्ने विकल्पको रुपमा करीब ६ बर्ष पहिले नेपाल सरकार, भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय काठमाडौंले १५ महिनामा सम्पन्न गर्नुपर्ने समय अवधी राखि मुडखु आठ माईल घट्टेखोला बन्चरेडाँडा सडकको ठेक्का निकाल्यो ।

आठ किलोेमिटर सडक निमार्ण गर्ने कार्य हिमदुङ्ग एण्ड थोकर/हिरा एण्ड नमिता/नाना जे।भीले आठ करोड पाँच लाख उन्नाईस हजार चार सय एक्सट्ठी रुपैया छत्तिस पैसामा ठेक्का पार्यो तर हालसम्म उक्त सडकमा उल्लेख्य निमार्ण कार्य कागजमा भन्दा अन्त भएन् ।

हिमदुङ्ग एण्ड थोकर निमार्ण कम्पनी नुवाकोटका नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाको हो । लामाको निर्माण कम्पनीसँग धादिङ्गको नाना कन्ट्रक्शनले प्रा। ली।ले जेभी गरी कार्य गरेको देखिन्छ र कम्पनीको तर्फबाट आधिकारीक प्रतिनिधि भनि नारायण कुमार श्रेष्टले सम्झौता गरेका छन् ।

२०७२/३/२१ मा १५ महिनामा सम्पन्न गर्ने शर्तमा सम्झौता गरीएको थियो । यो सडक निमार्ण समयभित्रै सक्ने र फोहोरमैला बोकी डम्पीङ्गसाईट जाने सवारी साधन यसै सडक प्रयोग गर्ने अवधारणा भएको थियो । यो बाटो निमार्ण भएको भए फोहोरमैला बोक्ने सवारी संचालनमा हालमा जस्तो कुनै पनि मानववस्तीको बाटो प्रयोग गर्नपर्दैन थियो । जसको परीणाम भनेको काठमाडौं उपत्यकाबाट बाहिरीने फोहोरमैला बिना रोकतोक निश्चित स्थानसम्म पुग्नु र उचित व्यवस्थापन हुनु हो ।

काम बर्षौ देखी ठप्प छ, त्यहाँ निमार्ण व्यवसायीको कुनै उपस्थीति देखिदैन नै बरु सडक डिभिजन कार्यालयको कर्मचारी समेत व्यवसायीको मिलेमतोमा पटक पटक स्थानीय वडा कार्यालय, नगरपालिका लगाएत अन्यले गरेका निमार्ण कार्यको नाँपजाँच गर्न पुग्छन् र उक्त ठेक्का भित्र गरिएको कार्य भन्दै निमार्ण व्यवसायीलाई भुत्तानी गर्छन् ।

यो भ्रष्ट्राचार र अनियमितता रोक्नुको सट्टा वास्तविकता बाहिरिने डरले सडक डिभिजन कार्यालयले समेत सोही ठेक्कालाई ओभरल्याप हुने गरी अर्को ठेक्का गरी सोही भित्र अर्को कार्य गराउँदै छ । निमार्ण कार्यमा अनियमितता भएको र गुणस्तरीय कार्य नभएको भनी धुनिवेशी न.पा वडा नं १ कार्यालयले समेत सडक डिभिजन सडक कार्यालयलाई लिखित जानकारी दिएको छ ।

निमार्ण व्यवसायीले भुत्तानी लिएको कार्य प्रयोग बिहिन हुँदा समेत सरोकारवाला निकाय मौन छ । निमार्ण कार्य सम्पन्न भैसकेको अर्को एक बर्ष अवधिभरको मर्मत संभारको जिम्मा समेत निमार्ण व्यवसायीले गर्नुपर्ने सार्वजनिक खरीद ऐनमा उल्लेख छ । यदि सो कार्य नगरेमा सम्बन्धीत कार्यालयले कार्वाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । तर न त सडक डिभिजन कार्यालयले यस बारेमा पहल गरेको छ न त अन्य सरोकारवाला निकायको चासो नै परेको छ ।

अव्यवस्थीत रुपमा माटो काटिएको र जथावाभी माटो फाल्दा स्थानियको जग्गा जमिन र घरहरु समेत जोखिममा परेको छ । केहि ठाउँमा मेशिनरी वाल र ग्यावियन जाली लगाईए पनि गुणस्तरहीन कार्य गरेको कारण सो भत्कीसकेको र निमार्णधिन बाटो प्रयोग बिहिन छ ।

निमार्ण व्यवसायीले हालसम्म रु. ५,९६,०७,१५६ भुत्तानी लिईसकेको र ३०,८५,६७२ को कार्य गरेको भनी अघिल्लो बर्ष नै बिल पेश गरे पनि वडा कार्यालय र स्थानीय समेतको दबाबमा डिभिजन सडक कार्यालयले भुक्तानी दिएको छैन् । नाम उल्लेख नगर्ने शर्तमा स्थानीयबासी भन्छन “यस बाटोमा १ करोडको पनि कार्य भएको छैन तर कार्यालय समेतको मिलेमतोमा ६ करोड भुक्तानी भैसकेको भन्ने सुनिन्छ” ।

यस सम्बन्धमा धादिङ्ग जिल्ला अन्तर्गत धुनिवेशी नपा वडा न १ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ्ग भन्छन् “कार्य गराउनका लागि धैरै पहल गर्दा पनि सकिएन डिभिजन सडक कार्यालय काठमाडौंले कुरा सुन्नै खोज्दैनन, नागरीक माथि न्याय दिने निकाय भेटिएन । ”

प्रतिक्रिया