फेरि सर्‍यो नेकपा स्थायी कमिटी बैठक

admin

काठमाडौं, ४ साउन : आइतबारका लागि बोलाइएको (नेकपा) को स्थायी कमिटीको बैठक साउन ६ मंगलबारसम्मका लागि सरेको छ ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्ष नेताहरु छलफलमा रहेकोले पटक पटक बैठक सर्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आइतबारका लागि बोलाइएको साउन ६ मंलबारसम्मका लागि सरेको हो ।

नेकपा केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गरी बैठक मंगलबार ११ बजेसम्मका लागि सरेको जानकारी दिएको हो । यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग आफूले कुनै सहमति नगरेको प्रतिक्रिया दिएका छन् ।

सचिवालय र स्थायी कमिटीका केही सदस्यसँगको भेटमा उनले मंसिर महिनामै महाधिवेशन गर्ने प्रस्तावमा आफू सकारात्मक भएको तर कुनै सहमति भने नभएको बताएका हुन् ।

प्रतिक्रिया