बालविवाहमा संलग्न बेहुलासहित चार प’क्राउ

admin

वालिङ : बाल विवाहमा संलग्न भएका चार जनालाई प्र’हरीले प’क्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्र’हरीले प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय स्याङ्जाका प्र’हरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

फाइल फोटो

प्र’हरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्र’हरीमा किटानी जाहेरी दिएपश्चात् बेहुला तिवारीसहित बुबा, आमा गरी चार जनालाई प्र’हरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प’क्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत ‘बाल विवाह’ मु’द्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्र’हरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया