एकैदिन थपिएका संक्रमितको रेकर्ड फेरि तोडियो

admin

काठमाडौं : ​विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार एकैदिन भेटिएका संक्रमित संख्याको रेकर्ड सोमबार पनि तोडिएको छ। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिएका छन्। विश्वभर अहिलेसम्म ६ लाख ४ हजार ७२५ जना कोरोना संक्रमित’ ज्यान गएको छ।

अमेरिकामा मात्रै १ लाख ४० हजार ४७४ जना संक्रमितको मृ’त्यु भएको छ। यो संख्या विश्वभर ज्या’न गु’माउने संक्रमितको एक चौथाई हो। भारतमा मात्रै यो अवधिभित्र ३८ हजार ९०२ जना संक्रमित भेटिएका छन्। त्यहाँ एकैदिन ५४३ जनाको मृत्यु भएको छ।

महामारीबाट बढी चपेटामा फसेका देशहरुको सूचीको तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म १० लाख ७७ हजार ७८१ जना संक्रमित फेला परेका छन् भने २६ हजार ८१६ जना संक्रमितको ज्यान गएको छ।

विश्वभर अहिलेसम्म १ करोड ४४ लाख ३८ हजार ८३८ जना संक्रमित पहिचान गरिएको छ। अमेरिका, ब्राजिल र भारतमा अन्यत्रभन्दा धेरै संक्रमित भेटिएको छ। कोरोना महामारी नियन्त्रणमा दक्षिण अमेरिकी मुलुक क्युबा निकै सफल देखिएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म समुदायस्तरमा महामारी नफैलिएको र स्थानीय संक्रमणका एउटै मामिला पनि फेला नपरेको जनाएका छन्।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ एकजना संक्रमित फेला परेको, तर उनी अन्य मुलुकबाट क्युबा पुगेको जनाइएको छ। बंगलादेशमा कोरोना परीक्षण गर्दा घोटाला भएको पाइएपछि त्यहाँको सरकारले संक्रमितको संख्या ५० प्रतिशतले घटाइदिएको छ। संक्रमण परीक्षणमा लापरबाही गरेको पाइएपछि राजधानी ढाकास्थित एक अस्पतालका प्रमुखसहित १२ जना मानिसलाई प्र’हरीले प’क्राउ गरेको छ।

यी मानिसहरुले स्वास्थ्य परीक्षण नै नगरी मानिसहरुलाई संक्रमण नभएको भनी झुठो प्रमाणपत्र दिने गरेको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संक्रमितहरुको मृत्युदर निकै कम रहेको दावी गरेका छन्।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म १ लाख ४० हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ। तर ट्रम्पले चाहिँ मृ’त्युदरको आंकडालाई नजरअन्दाज गरिदिएका हुन्। उनले परीक्षणलाई व्यापक बनाइएकाले सं’क्र’मणको मामिला पनि बढेको तर्क गरेका छन्।

प्रतिक्रिया