अमेरिकामा कोरोना संक्रमण र मृत्युदर कम भयो : ट्रम्प

अस्मिता बेल्बासे

एजेन्सी, ५ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमणको दर निकै कम भएको दाबी गरेका छन् ।

फक्स न्युजसँग दिएको एउटा अन्तवार्तामा ट्रम्पले आफ्नो देशमा सबैभन्दा कम मृत्युदर रहेको बताएका हुन् । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजारभन्दा बढी छ ।

जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको देखाएको छ । तर राष्ट्रपति ट्रम्पले कोरोनाका कारण अमेरिकामा भएको मृत्युदरको तथ्यांक सही नभएको दाबी गरेका छन् ।

अमेरिकाले कोरोना परीक्षण धेरै गरेका कारण कोरोना संक्रमणको दर बढी देखिएको ट्रम्पको भनाइ छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा ६ लाखभन्दा बढी मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया