सुनचाँदीको मूल्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, ५ साउन : सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुनको मूल्य सोमबार तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया