थप १८६ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ५ साउन : सोमबार थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित मध्ये काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने थप १७३ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि डा. गौतमले बताए ।

प्रतिक्रिया