पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृ’त्यु

admin

काठमाडौं, ६ साउन : पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

जिल्ला प्र’हरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मत्यु भएको हो । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ ।

प्रतिक्रिया