अनावश्यक यात्रा नगर्न सडक विभागको आग्रह

admin

काठमाडौं, ६ साउन : बाढी पहिरोका कारण विभिन्न ठाउँको सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न सडक विभागले आग्रह गरेको छ ।

त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार यो वर्ष पानी परेर क्षति भएका सडक बनाउन मात्रै झण्डै डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ ।

मंगलबार मुग्लिन-नारायणगढ सडकको पहिरो सफा गर्ने तयारी भएको उनले जानकारी दिए । धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको उनले बताए ।

प्रतिक्रिया