विदेशी र’क्सी ब्याण्ड गरी, घरेलु र’क्सीलाई ब्राण्ड बनाउनुपर्छ : सांसद राई (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, ६ साउन : प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु र’क्सीलाई ब्राण्ड बनाई, विदेशी र’क्सीलाई ब्याण्ड गर्ने कुरा उठाएकी छिन् । उनले पिएनपि खबरसँग अन्तर्वार्ता दिदै घरेलु र’क्सीलाई प्रतिबन्ध लगाउन नहुने बताएकी छिन् ।

उनले घरेलु र’क्सीलाई ब्याण्ड नगरी ब्राण्डका स्थमा स्थापित गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद राईले कोदोको लोकल र’क्सीलाई वैध बनाएर विदेशी र आयातित म’दिरालाई विस्थापित गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘लोकल र’क्सीलाई ब्याण्ड होइन, ब्राण्ड बनाउनुपर्छ ।’ अन्तर्वार्ताको क्रममा आफ्नो धारणा राख्दै सांसद राईले कोदोबाट उत्पादन हुने लोकल र’क्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने बताइन् ।

लोकल र’क्सीलाई प्रतिबन्ध लगाउने हो भने आयातित विदेशी र’क्सीलाई पनि प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ छ । सांसद राईले भनिन्, ‘हामीले लोकल र’क्सीमा ब्याण्ड लगायौं, रातो चन्दनमा लगायौं, गाँजामा लगायौं, आफ्नो बहुआयामिक जडीबुटीमा प्रतिबन्ध लगायौं, अनि विदेशी उत्पादनलाई हायर गर्ने, विदेशी र’क्सी छ्याप-छ्याप्ती बिक्री वितरण गर्ने वातावरण बनायौं । अब विदेशी र’क्सीलाई ब्याण्ड गरौं, नेपाली लोकल र’क्सीलाई ब्राण्ड बनाऔं । अर्थात ब्याण्ड भर्सेज ब्राण्डको नीति अपनाऔं ।’

सांसद राईले केही समयअघि खोटाङमा लोकल र’क्सी नष्ट गर्दा समेत विरोध जनाएकी थिइन् । हाल आदिबासी जनजाति महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल र’क्सीलाई वैध उद्योगका रुपमा विकास गर्न सके अन्य जातजातिका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईले बताइन् ।

‘ब्याण्ड गर्ने हो भने सबै खालका र’क्सीलाई ब्याण्ड गरौं । होईन भने लोकल र’क्सीलाई लिगलाइज गरौं, घरेलु उद्योगका रुपमा विकास गर्नमा ध्यान दिऔँ,’ राईले भनिन्, ‘चेयर्स गर्दा लोकल र’क्सीले गर्ने हो, विदेशको र’क्सी ल्याएर चेयर्स गर्ने होईन । हामीले यस्तो कन्सेप्ट लिनु पर्यो ।’

यो भिडियो हेर्नुस् ।

उनी केही महिना अघि समाजमा रहेको लै’ङ्गिक विभेद अन्त्य गर्न कपाल मु’ण्डन गरेर आमाको श्रद्धामा कि’रियापुत्री बसेको बताएकी थिइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्‍याउने आमाको निधनपछि कपाल मु’ण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनले बताएकी थिइन् ।

‘समाजमा रहिआएको लै’ङ्गिक विभेद अन्त्य गर्नका लागि कपाल मु’ण्डन गरेर सेतो वस्त्र धारणले आफूमा उर्जा मिलेको छ,’ उनले भनेकी थिइन्, ‘जीवन दिने आमाको निधनले जति नै पी’डा भए पनि मृत्यु स्वीकार गर्नुको विकल्प नभएकाले आफ्नै आ’त्मसन्तुष्टीका लागि र दिव’ङ्गतआ’त्माको चीर शान्तिका लागि कपाल मु’ण्डन गरेर कि’रियापुत्री बसेकी हुँ।’

मूलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, सांस्कृतिक तथा संस्कारमा परिवर्तन आउन नसकेकाले अबको पहिलो काम सामाजिक-सांस्कृतिक पाटो सुधार गर्नुपर्ने सांसद राईले बताउँदै आएकी छिन् ।

प्रतिक्रिया