नेकपा स्थायी कमिटी बैठक आज बस्दै

admin

काठमाडौं, ६ साउन : पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि सारिएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको छ ।

पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, सीमा सुरक्षा, नागरिकता विधेयक, एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन आदिबारे स्थायी कमिटीमा कार्यसूची राखिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको हो । नेकपाका द्वयअध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ ।

विवाद मिलाउन द्वयअध्यक्ष र शीर्ष नेताहरुबीच पटक पटक छलफल भए पनि सहमति भैसकेको छैन । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

प्रतिक्रिया