सडक भत्कियो, पृथ्वी राजमार्फ अवरुद्ध

admin

तनहुँ, ६ साउन : तनहुँको बन्दीपुर गाउँपालिका-१ घाँसीकुवा नहाला सडकमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरो जाँदा पृथ्वी राजमार्फ अवरुद्ध भएको छ ।

पूरै सडकको भाग पहिरो गएर बाटो बन्द हुँदा यातायात सञ्चालनमा आउन सकेका छैनन् । मंगलबार बिहान सडक भासिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताएका छन् ।

उनका अनुसार वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । पूरै बाटो पहिरो गए पनि कुनै क्षति भने नभएको थापाले बताए ।

प्रतिक्रिया