भक्तपुरमा तरुण दलद्वारा ३८ औँ वीपी स्मृति दिवसका अवसरमा वृक्षारोपण

admin

काठमाडौं : नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल भक्तपुरले ३८ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ । युवाहरु भेला भएर सूर्यविनायक नगर कार्यसमिति वडा नम्बर ९ ले नलिन्चोक नजिकैको सरकारी जंगलमा वृक्षारोपण गरेका हुन् ।

वृक्षारोपण पछिको कार्यक्रममा बोल्दै कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले वीपी कोइरालाले देखाउनु भएको बाटोलाई तरुण युवाहरूले अनुसरण गर्नुपर्ने बताएका छन् ।

वृक्षारोपण कार्यक्रममा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै सभापति थापाले वीपी कोइरालाको आदर्शका कारण कांग्रेस सबै जनताको मनमा बस्न सकेको बताए । उनले युवा तरुणहरूमा वीपीको आदर्श र कांग्रेसको सिद्धान्तका विषयमा जानकारी गराउनुपर्ने बताए ।

उनले पार्टीभित्र रहेका तिक्तताहरूलाई भुलेर आजैका दिनदेखि सबै नेताहरू मिलेर अगाडि बढ्नुपर्ने सभापति थापाले बताए । उनले केही तिक्तताहरू छन् भने पनि शीर्ष नेतृत्व मिलेर समाधान गर्नुपर्ने बताए ।

सभापति थापाले तरुणहरूबाट गरिएको रचनात्मक कार्यको प्रशंसा गरे । उनले युवा तरुणहरूले पार्टी मात्रै नभइ देश नै हाँक्नुपर्ने भन्दै त्यसका लागि अहिलेदेखि नै जोश र जाँगरका साथ काम गर्न निर्देशन दिए ।

कार्यक्रममा सभापति थापाका साथै कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, सूर्यविनायक नगर वडा नम्बर ९ का अध्यक्ष भगवान केसीलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न जातका विरुवाहरू कांग्रेस नेता र तरुणहरूले रोपेका थिए । यसअघि, सभापति थापाले नेपाली कांग्रेस भक्तपुरको पार्टी कार्यालय सल्लाघारीमा वृक्षारोपण र वीपी कोइरालाको तस्बिरमा माल्याणर्पन गरेका थिए ।

प्रतिक्रिया