राप्रपाले आज दल दर्ता गर्दै

admin

काठमाडौं, साउन ७ : राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता भई बनेको राप्रपाले आज दल दर्ता गर्दैछ। पार्टीका तिनै अध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीसहितका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ताको तयारी भएको छ।

दिउँसो साँढे एक बजे निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्ने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २८ गते औपचारिक पार्टी एकता भएको थियो। गत जेठ २९ गते केन्द्रीय कार्य समिति विस्तार गरेको छ।

एकता पछिको राप्रपाले १३ सदस्यीय केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, ८२ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति र ३२७ सदस्यीय केन्द्रीय कार्य समिति यसअघि नै गठन गरेको छ।

पार्टी एकता भए लगत्तै कोरोना महामारी र देशव्यापी लकडाउनको अवस्थाले पार्टी दर्ता गर्न केही समय ढिला हुन पुगेको राप्रपाले जनाएको छ । दल दर्ता भइसकेपछि जिल्ला समायोजन, भातृ संगठन समायोजन लगायतका एकता प्रक्रियाका बाँकी काम टुंग्याउने राप्रपाको तयारी छ।

प्रतिक्रिया