कछाड बाँधेर संसद जाने पूर्वसांसद बर्मन बुढाको नि’धन

admin

काठमाडौं, साउन ७ : पूर्वसांसद बर्मन बुढाको नि’धन भएको छ । बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको नि’धन भएको छोरी विजया बुढामगरले रातोपाटीलाई जानकारी दिइन् । ९० वर्षका उनी क्यान्सर रोगबाट पीडित थिए । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो ।

२०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र उनले त्यो बेला रोल्पाबाट चुनाव जितेका थिए ।

निर्वाचन जितेर काठमाडौं आएका उनी प्रतिनिधि सभाको बैठकमा कछाड बाँधेर जाने गर्थे । लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका थिए ।

प्रतिक्रिया