पहिरोले झापामा एकजनाको मृ’त्यु, तीन घा’इते

admin

झापा, साउन ७ : बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक किशोरको मृ’त्यु भएको छ। बुद्धशान्ति–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय झापाले जनाएको छ।

मेचीनगरबाट बुद्धशान्ति–७ का तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मंगलबार राति गएको पहिरोले घर पुर्दा मृ’त्यु भएको प्रह’रीले जनाएको छ। अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घा’इते भएका छन्।

उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्र’हरी कार्यालय झापाले जनाएको छ। घा’इते भएकाहरुलाई स्थानीयवासी, प्र’हरी र जनप्रतिनिधिले उद्धार गरेको वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए।

पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ। वुद्धशान्ति गाउँपालिका इलामसँग सिमाना जोडिएको गाउँपालिका हो।

प्रतिक्रिया